कोसी मात्र होइन, अन्य नदी पनि धार परिवर्तन गर्दै

<span class='c1'>कोसी मात्र होइन, अन्य नदी</span> <span class='c2'>पनि धार परिवर्तन गर्दै</span>

काठमाडौं । सप्तकोसीले बुधबार बिहान धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाका एक हजारभन्दा बढी घर डुबानमा परेका छन् तर यो कोसीको मात्र समस्या होइन। नेपालका अन्य ठूला साना नदीमा पनि धार परिवर्तनको समस्या रहेको छ।

मध्य नेपाल भएर बग्ने नारायणी नदीले पनि बेलाबेलामा बहाव फेर्न बल गरिरहन्छ। गत वर्ष चितवनको सिसवार पोस्टबाट नारायणीले बहाव फेर्न खोजेको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ​नारायणीपश्चिम हुँदै जाँदा पूर्वी र पश्चिम नवलपरासीका विभिन्न क्षेत्रमा बहाव परिवर्तनको प्रयास भइरहेको नवलपरासीपूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । गत वर्ष कमला नदीले बहाव परिवर्तन गर्दा धनुषाका धेरै बस्ती डुबानमा परे। यस वर्ष पनि ती क्षेत्र जलमग्न छन्। पश्चिम र सुदूरपश्चिम नेपालको कर्णाली र महाकालीको बहाव परिवर्तनले पनि बारम्बार बाढी, डुबानजस्ता विपत्को समस्या बढाएको छ। गत वर्षको वर्षामा महाकाली सदरमुकाम पसेपछि हाहाकार मच्चिएको थियो। नेपालमा छ हजारभन्दा बढी नदी र खोला उत्तरबाट दक्षिणतर्फ बग्छन्। तीमध्ये कोसी, नारायणी, कर्णाली र महाकालीजस्ता हिम उद्गमस्थल भएका नदी बाह्रै महिना बग्छन्। मनसुनको समयमा यी नदीको बहाव बढ्ने र परिवर्तन हुँदा नदी तटीय क्षेत्रमा बाढी र डुबानले क्षति पु-याउने गरेको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्