सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार तोलामा आठ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार एक सय रूपैयाँ रहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ रहेको छ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो। बिहीबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्