काठमाडौं । नेपाल सरकारले अगामी मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते देशैभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सत्ता गठबन्धनको बुधवार बसेको बैठकले आउँदो मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनाव एकै चरणमा गर्ने गरी सहमति जुटाएको थियो ।
२०७४ सालमा मंसिर १० र २१ मा गरी दुई चरणमा चुनाव भएको थियो ।