बन्द उद्योगलाई सञ्चालनमा ल्याइए औद्योगिक उत्पादन बढ्न सक्छः मन्त्री बडू

बन्द उद्योगलाई सञ्चालनमा ल्याइए औद्योगिक उत्पादन बढ्न सक्छः मन्त्री बडू

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय उत्पादन बढाउनका लगि भएका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र बन्द रहेका उद्योगलाई सञ्चालनमा ल्याइए मात्रै औद्योगिक उत्पादन बढ्न सक्ने बताउनुभएको छ ।

धनगढी विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उहाँले यसरी सञ्चालनमा रहेका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र बन्द अवस्थामा रहेका उद्योगलाई सञ्चालनमा ल्याइएमा उत्पादन बढ्नाका साथै जनतालाई केही हदसम्म भए पनि रोजगारीको अवस्था सिर्जना गर्नमा मद्दत मिल्ने बताउनुभयो ।

“सरकारले मात्रै सबै उद्योग चलाउन सक्दैन बरु अव सरकार र निजी क्षेत्रको साझेदारीमा वा केही उद्योग अझ पूर्णत लिजमा दिएर सञ्चालन गरिए राजस्वमा योगदान पुग्न सक्दछ ।” मन्त्री बडूले भन्नुभयो, “यसरी निजी क्षेत्रले सञ्चालन गरिदियो भने रोजगारी तथा राजस्व बढ्छ र राष्ट्रिय उत्पादन पनि बढ्छ ।”

मन्त्री बडूले भएका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र रुग्ण उद्योगलाई सञ्चालनका निमित्त विभिन्न मोडेलमा सञ्चालन गरिने धारणा व्यक्त गर्नुभयो । समयमै मलको प्रबन्ध गर्नमा केही विलम्ब भएको बताउँदै उहाँले अहिलेको लागि हामीले बाहिरबाटै ल्याउनुपर्ने भएको हुनाले यसको प्रबन्ध भइरहेको जानकारी दिनुभयो ।प्रदेश र सङ्घको निर्वाचनका लागि हिजो मात्रै मन्त्रिपरिषद्बाट निर्वाचनको मिति तोकी सकिएको र त्यसको तयारी नै अहिलेको प्रमुख काम रहेको मन्त्री बडूले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्