अर्काको नाममा ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

अर्काको नाममा ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

भक्तपुर । नक्कली परिक्षार्थी बनि अर्काको नाममा परीक्षा दिएको अभियोगमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१० घर भएका २१ वर्षीय सुजन भट्टराईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका-९ राधेराधे ईजिवे ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परिक्षामा ललितपुर महालक्ष्मी नगरपालिका-६ बस्ने २९ वर्षीय सन्तोष थापाको नाममा परीक्षा दिने उनलाई यातायात व्यवस्था कार्यालय भक्तपुर र उपत्यका ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्