गायिका मेलिना राईको विवाह नै नगरी ‘इन्गेजमेन्ट’ तोडिन्

गायिका मेलिना राईको विवाह नै नगरी ‘इन्गेजमेन्ट’ तोडिन्

विराटनगर । गायिका मेलिना राई र गितारिष्ट सञ्जिव बराइलीबीच विवाह नै नगरी ‘इन्गेजमेन्ट’ तोड्ने निर्णय गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोडेको घोषणा गरेकी हुन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोडेको उनको भनाइ छ । उनीहरुले केही महिनाअघि मात्र ‘इन्गेजमेन्ट’ गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।

गायिका मेलिनाले सञ्जिवसँग इन्गेजमेन्टको तस्बिर सार्वजनिक गरेपछि भनेकी थिइन्– ‘हामीले पहिलो लकडाउनकै बेला इञ्जेगमेन्ट गरेका हौंँ । यसै वर्षभित्र विवाह गर्दैछौँ ।’

मेलिनाले सञ्जिवसँग ‘इन्गेजमेन्ट’ तोडिएको सामाजिक सञ्जाल फेसबुकमार्फत केहि समय अघि सार्वजनिक गरेकी छन् । आजकै मितिदेखि इन्गेजमेन्ट तोडिएको सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै उनले शुभचिन्तकमा पर्न गएको असरप्रति क्षमाप्रार्थी भएको जनाएकी छन् । भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाट देशको सेवा गर्ने उनले बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो लेखिन

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्