अमेरिकामा बेरोजगारी दर ३.५ प्रतिशतले कम

<span class='c1'>अमेरिकामा बेरोजगारी दर</span> <span class='c2'>३.५ प्रतिशतले कम</span>

जुलाईमा अमेरिकी बेरोजगारी दर ३.५ प्रतिशतले कम भएको श्रम मन्त्रालयले शुक्रबार जनाएको छ ।

अमेरिकी रोजगारीको अवस्थामा वृद्धि गत महिनामा पनि उल्लेख्य देखिएको छ । थप पाँच लाख २८ हजारभन्दा बढी रोजगारी पाएको र यसलाई मन्दी आउने अनुमानबीच एक आश्चर्यजनक उपलब्धिका रूपमा लिइएको सरकारद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कमा जनाइएको छ ।

कोभिड–१९ महामारीपछि उद्योग तथा फर्महरूले मागेको जनशक्तिका कारण यस पहिले रोजगारी गुमेका अत्यधिक व्यक्तिले रोजगारी पाएका कारण अमेरिकी बेरोजगारी दर ३.५ प्रतिशतले कम भएको श्रम मन्त्रालयले जनाएको छ ।

तथ्याङ्कअनुसार कूल गैर–कृषि रोजगार पनि महामारीअघिको स्तरसम्म पुनः पुगेको तथ्याङ्कले देखाएको छ । रासस/एएफपी

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्