धरानमा “जेवी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान २०७९” हुने

धरानमा “जेवी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान २०७९” हुने

धरान । धरानमा जन्मिएका नेपालको प्रगतिवादी साँस्कृतिक आन्दोलनका एक अविश्रान्त योद्धा जनवादी गायन क्षेत्रका शिखर व्यक्तित्व जेवीटुहुरेको प्रथम स्मृति दिवसको अवसरमा “जेवी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान २०७९” हुने भएको छ।

२०७९ भाद्र १० गते शुक्रबार दिउँसो ३ बजे धरानमा हुने लागेको हो । फाउण्डेशनले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रम बारे जानकारी गराएको छ । 'आमा दिदी बहिनी हो ...' बोलको गीत गाएर समाजमा भएका लैङ्गिक भेदभावको उजागर गर्नुभएका गायक टुहुरे वर्गीय मूक्ति आन्दोलनका गीतहरुलाई नयाँ पुस्ता माझ परिचित गराई उहाँको साँस्कृतिक योगदानबारे अझ बढी परिचित गराउने उद्देश्यले स्मृति सन्ध्या गर्न लागिएको जेवी टुहुरे फाउन्डेसनका सदस्य राजेश थापाले जानकारी दिए । कार्यक्रममा नेपालका डेढ दर्जन भन्दा बढी स्थानिय तथा चर्चित गायक गायिका र हास्यकलाकारहरुको उपस्थित रहने आयोजकले जनाएको छ ।

धरानको भानुचौकको खुल्ला मन्चमा आयोजना हुन लागेको कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ, गायक तथा सङ्गीतकार चेतन सापकोटा, र हास्य कलाकार सुबोध गौतम , शम्भु राई, नन्दकृष्ण जोशीलगायतको प्रस्तुती रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्