विराटनगर । मोरङ पथरी शनिश्चरे नगरपालिका १ गुद्री बजार स्थितबाट ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय अक्षय माझी रहेका छन् ।
शुक्रबार बेलुका करिब ७:३० बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोली माझीलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ४ मिलिग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका माझीको घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।