अफगानिस्तानमा भएको हिंसात्मक घटनामा परी ५ जनाको मृत्यु

<span class='c1'>अफगानिस्तानमा भएको हिंसात्मक घटनामा</span> <span class='c2'>परी ५ जनाको मृत्यु</span>

अफगानिस्तानको राजधानी काबुल भएको हिंसात्मक घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

शुक्रबारको प्रार्थना गर्ने क्रममा भएको विस्फोटनमा परी उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

घटनामा परी अरु १८ जना घाइते भएको र उनीहरूलाई स्थानीय अस्पतालहरूमा भर्ना गरेर उपचार भइरहेको छ ।

सिया समुदायले प्रार्थनाका लागि भेट हुदै गर्दा विस्फोटन भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक विवरण अनुसार विस्फोटक पदार्थ कारमा ल्याएर विस्फोट गराइएको थियो । घटनाको जिम्मेबारी आइएसआइएसले लिएको छ ।

अफगानिस्तानमा सिया समुदायले लामो समयदेखि पक्षपात भोग्दै आएको छ । यसअघि पनि सो समूहमाथि पटक पटक आक्रमण हुने गरेको थियो । रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्