मुक्ति समाज उर्लाबारीको प्रथम अधिवेशन सम्पन्न

मुक्ति समाज उर्लाबारीको प्रथम अधिवेशन सम्पन्न

विराटनगर । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज उर्लाबारी नगर कमिटीको अध्यक्षमा तिलक नेपाली सर्वसम्म चयन भएका छन् ।

शनिबार सम्पन्न प्रथम नगर अधिवेशनबाट अध्यक्षमा नेपाली सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट नगर कमिटीको उपाध्यक्षमा गीता गजमेर, सचिवमा राजिव दियाली, सहसचिवमा टिकाराम विश्वकर्मा र कोषाध्यक्षमा देवी पाँचकोटी सर्वसम्मत चयन भएका हुन् । त्यस्तै सवै सदस्यहरुसमेत सर्वसम्मत चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष तथा नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारी दिए ।

विश्वकर्माका अनुसार सदस्यहरुमा खगेन्द्र बराईली, तारा बराईली, सन्तोष सुन्च्युरी, शुक्र विश्वकर्मा, हेमकुमारी नेपाली, सुशीला कार्कीढोली, रुद्र लकान्द्री, सीतादेवी रम्तेल, सुनिता नेपाली, तोया नेपाली, पहलमान नेपाली, कृष्णकुमारी विश्वकर्मा, अम्मर बराईली, रुपनारायण नेपाली, उमा बराईली, भक्तबहादुर रसाइली, सीता सुन्च्युरी, कमला वर्देवा चाहार, सुनिता चाहार, अमृता दाश, मानबहादुर विक, निर्मला विक, भूमिका बराईली, मीना विश्वकर्मा, दुर्गा विश्वकर्मा, भिमबहादुर मग्राती, सन्तोष रसाईली, प्रेमकुमारी विश्वकर्मा, खड्गबहादुर दर्जी, अरुणा विक, मनमाया ल्वागुन, टिका नेपाली, टिका बराईली, जीवन गजमेर, दुर्गा ल्वागुन, कविता शिवा, गोमा सुन्दास, गोपाल दर्नाल, लक्ष्मी शिवा, प्रतिमा लावर, उदिनबहादुर विश्वकर्मा, दिपेन्द्र विक, कल्पना रोक्का, मैना दर्जी, मीना लामिछाने, लिला भुसाल, अनिता बर्देवा, काजी विक र सूर्य भुसाल निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन मुक्ति समाजका केन्द्रीय सचिव तथा प्रदेश कमिटी अध्यक्ष सोमनाथ पोर्तेलले गरेका थिए । अधिवेशनलाई सम्बोधन नेता पोर्तेलले मुक्ति समाजले आम दलित समुदायको अगुवाई गर्दै सो समुदायका सवालहरुलाई रानीतिकरुपमा उठाउँदै आएको बताए । उनले सवै भन्दा पहिले २०४५ सालमा दलित समुदायलाई राजनीतिक रुपमा नेकपा (एमाले) ले संगठित गरेर दलित समुदायका सवालहरुलाई राजनीतिकरुपमा शसक्त ढंगले उठाउदै आएको बताए ।

सो अबसरमा नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले सिंगो दलित समुदायको अधिकारका लागि सम्पूणर् दलित समुदाय मुक्ति समाजमा संगठित हुनुपर्ने बताए । उनले ऐन कानुनहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा दलित समुदाय माथि अहिले पनि जतीय विभेद र छुवाछुतका घटना भइरहेकाले त्यसविरुद्ध संगठित भएर लड्नुपर्ने बताए । उनले अधिकार प्राप्तीका लागि सम्पूणर् दलित समुदाय मुक्ति समाजमा एक जुट बन्नुपर्ने बताए ।
अध्यक्ष पोखरेलले मुक्ति समाजमा आवद्ध सम्पूणर् नेता कार्यकर्ता प्रगतिशिल, जनवादी र देशभक्त रहेकाले समाज रुपान्तरणको सम्बाहक बन्नुपर्ने बताए ।
कार्यक्रममा एमाले मोरङका सचिव रुपेश खतिवडाले मुक्ति समाजले आम दलित समुदायलाई संगठित गर्दै अधिकारका लागि खबरदारी गर्दै आएको र त्यसमा पार्टीको दह्रो साथ रहेको बताए । उनले एमालेले दलित समुदायलाई पहिलो पटक राजनीतिक रुपमा संगठित गर्दै उनीहरुको चौतर्फी विकासमा जोड दिँदै आएको बताए ।

कार्यक्रममा नेकपा (एमाले) प्रदेश कमिटी सदस्य भुपाल जिमीले मुलुकमा सवै प्रकारका विभेद अन्त्य गर्नुपर्ने बताए । अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको घोषणा मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले गरेका थिए । नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई समाजका केन्दीय कमिटी सचिवालय सदस्य तथा मोरङ इन्चार्ज जित नारायण सरदारले सपथग्रहण गराएका थिए ।

कार्यक्रममा मुक्ति समाजका केन्द्रीय सदस्यहरु भद्रमान विश्वकर्मा, दिपेन्द्र पासवान, नेकपा एमाले उर्लाबारी नगर कमिटी अध्यक्ष गंगाप्रसाद बास्तोला, उर्लाबारी नगरपालिकाकी उपमेयर मीना खतिवडालगायतले अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारी र सदस्यहरुलाई शुभकामना दिएका थिए । स्थानीय दलित अगुवा गंगा गजमेरको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सहभागीहरुलाई कृष्ण वर्देवाले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्