अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट ‘नेगेटिभ’

<span class='c1'>अमेरिकी राष्ट्रपति बाइडेनको</span> <span class='c2'>कोरोना रिपोर्ट ‘नेगेटिभ’</span>

अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उहाँ कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बस्नुभएको छ । उहाँको स्वास्थ्य परीक्षणमा शनिबार कोभिड रिपोर्ट नेगेटिभ आएको उहाँका चिकित्सकले जानकारी दिएका छन् ।ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले सो कुराको जानकारी दिनुभएको हो ।

उहाँले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहनुभएको तर उहाँलाई धेरै ठिक भएको उहाँका चिकित्सक ओ कनरले जानकारी दिनुभयो ।
उहाँले खोपको पूर्ण मात्रा लिनुका साथै दुई पटकसम्म बुस्टर डोज पनि लगाउनुभएको छ । उहाँलाई पहिलो पटक गत जुलाई २१ मा कोभिड सङ्क्रमण देखिएको थियो । त्यसपछि एक हप्तासम्म आइसोलेसनमा रहनुभएका बाइडेनलाई निको भएको थियो ।

राष्ट्रपति बाइडेनलाई पुनः जुलाई ३० मा कोभिड सङ्क्रमण देखिएको हो । शनिबार गराएको स्वास्थ्य परीक्षणमा उहाँको कोरोना नेगेटिभ रिपोर्ट आएको हो । रासस/सिन्ह्वा

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्