जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-९ दिर्घायु टोलस्थित मेखराज बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा बस्नेतका भाइ युवराज बस्नेत समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा युवराजले जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई १४ बुक तास, २ हजार भारतीय रूपैयाँ र १ लाख ६४ हजार ३ सय ४४ नेपाली रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्