जुम्लाबाट चुनाव लड्ने तयारी गर्दै ज्ञानेन्द्र शाही

<span class='c1'>जुम्लाबाट चुनाव लड्ने तयारी</span> <span class='c2'>गर्दै ज्ञानेन्द्र शाही</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवम् सुशासन विभाग प्रमुख ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने तयारी गरिरहेका छन्।

शाही जुम्लाबाट प्रतिनिधिसभा निर्वाचनमा उठ्ने भएका हुन् । मंसिर ४ गते घोषणा गरिएको प्रतिनिधिसभामा शाही जुम्लाबाट उठ्ने तय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

शाहीको उम्मेदवारी घोषणा सोमबार नै तय भइसकेको श्रेष्ठले बताए। उनको उम्मेदवारी घोषणाको कार्यक्रम थापागाउँस्थित अर्पण ब्याङकेटमा राखिएको श्रेष्ठले बताए।

उनको उम्मेदवारी घोषणा सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणा, उपाध्यक्षहरू, महामन्त्री तथा पार्टीका केन्द्र सदस्य तथा प्रदेश अध्यक्षहरूको सहभागिता रहने छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्