झापाबाट अबैध रुपमा भन्सार छलि लगिएको सामान बरामद

झापाबाट अबैध रुपमा भन्सार छलि लगिएको सामान बरामद

विराटनगर । झापाको कचनकवल गाँउपालिका-४ स्थित नेपाल भारत सिमाक्षेत्रबाट प्रहरीले अबैध रुपमा भन्सार छलि लगेको सामान प्रहरीले बरामद गरेको छ ।

गत २१ गते बेलुका ईलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको को १ च ६२३४ नम्बरको पिकअप चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छलि लैजाँदै गरेको बियर २६ कार्टुन, कोक १ कार्टुन, स्प्राईट ३ बण्डल र कोकाकोला २ बण्डलको अन्दाजी ७ लाख ७८ हजार ६ सय बराबरको समान र पिकअप र चालक इलाम देउमाई नगरपालिका-२ बस्ने २३ बर्षीय कपिल मगरलाई नियन्त्रणमा लिई आबश्यक कारवाहीको लागि भन्सार कार्यालय भद्रपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्