मट्टीतेल बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गर्ने निगमकाे चेतावनी

मट्टीतेल बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गर्ने निगमकाे चेतावनी

काठमाडौं । नेपाल आयल निगमले मट्टीतेल बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गर्ने चेतावनी दिएको छ । अव्यवस्थित तरिकाले मट्टीतेल बिक्री–वितरण गरिरहेका बिक्रेताको प्रमाणपत्र खारेज गर्ने निगमले चेतावनी दिएको हो ।

सोमबार एक सूचना प्रकाशित गर्दै मट्टीतेल बिक्रेतालाई ३५ दिनभित्र तोकिएबमोजिमको मापदण्ड पूरा गरी सोको प्रमाणसहित निगमको सम्बन्धित कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

तत्कालीन अवस्थामा मापदण्ड तथा भौतिक पूर्वाधार पूरा गरी नियुक्ति पाएका मट्टीतेल बिक्रेताले हाल सो बमोजिम बिक्री–वितरण नगरेको पाइएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्