अदालतबाट १० लाख जरिवाना ठहर भएका गुप्ता पक्राउ

<span class='c1'>अदालतबाट १० लाख जरिवाना</span> <span class='c2'>ठहर भएका गुप्ता पक्राउ</span>

काठमाडौं । नेपाल प्रहरीले अदालतबाट रु १० लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उच्च अदालत पाटनको विसं २०७७ फागुन २३ गतेको फैसलाअनुसार चार दिन कैद सजाया र रु १० लाख जरिवाना ठहर भएका सर्लाही घर भई काठमाडौँको कपन बस्ने ३४ वर्षीय रोशनकुमार गुप्तालाई आज पक्राउ गरेको हो ।

गुप्ताले आफ्नो सानिमा बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी बैंकिङजन्य कसुर गरेकाले कपनबाट पक्राउ गरेको हो । पक्राउ परेका गुप्तालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पेश गरिएको ब्युरोले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्