धौलागिरि लघुवित्तको आईपीओ खुल्यो

धौलागिरि लघुवित्तको आईपीओ खुल्यो

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले २४ साउन मंगलबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । कम्पनीले तीन करोड ३१ लाख रुपैयाँ बराबरको तीन लाख ३१ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको थियो ।

कुल सार्वजनिक निष्कासन गर्न लागेको सेयरमध्ये पाँच हजार १५५ कित्ता कर्मचारीहरुका लागि र १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरेको छ । सर्वसाधारणबाट बाँकी तीन लाख ९२९५ कित्ता सेयरका लागि आवेदन माग गरेको छ ।

कम्पनीको आईपीओमा छिटोमा २९ साउन र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा ७ भदौसम्म आवेदन दिने अवधि बढ्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्