सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौं । सोमबार स्थिर रहेको सुनचाँदीको मूल्य मंगलबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्य बढेको हो । महासंघले आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको जनाएको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ४०० रुपैयाँ तोकिएको छ ।

सुनको मूल्य बढेको दिन चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेको हो । यससँगै, आज चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार २४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार २०५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्