ताप्लेजुङमा एकवर्षमा पाँच हजारभन्दा बढीलाई नागरिकता

ताप्लेजुङमा एकवर्षमा पाँच हजारभन्दा बढीलाई नागरिकता

ताप्लेजुङ । ताप्लेजुङमा एक वर्षभित्र करिब पाँच हजार पाँच सय जनालाई नागरिकता वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आर्थिक वर्ष २०७८/७९ मा उक्त सङ्ख्यामा जिल्लाका नागरिकलाई नागरिकता वितरण गरेको हो ।जिल्ला प्रशासन कार्यालयले गत वर्ष अर्थात् आव २०७८/७९ मा कुल पाँच हजार ४५८ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको जनाएको छ । उक्त सङ्ख्याका सबैलाई वंशजको आधारमा नागरिकता प्रदान गरिएको हो । यस्तै यस अवधिमा छ जनालाई अङ्गीकृत नागरिकता पनि वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।नेपाली पुरुषसँग विवाह गरी आएका महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता प्रदान गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

अघिल्लो वर्ष पाँच जनालाई वैवाहिक अङ्गीकृत नागरिकता प्रदान गरिएको थियो । प्रशासन कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आवमा दुई हजार ८२३ जनाले नागरिकता बनाएका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्