सुन्दरहरैँचामा रोकिराखेको कन्टेनरभित्र पुरुषको शव फेला

सुन्दरहरैँचामा रोकिराखेको कन्टेनरभित्र पुरुषको शव फेला

विराटनगर । मोरङको सुन्दरहरैंचामा मंगलबार बिहान रोकिराखेको कन्टेनरभित्र पुरुषको शव फेला परेको छ ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा कन्टेनरभित्र आन्दाजी ४५/५० वर्षीय पुरुषको शव फेला परेको हो । चार दिनदेखि सडक किनारमा रोकेर राखेको ना ३ ख ४७४३ नम्बरको कन्टेनरको अगाडिको सिटमा शव भेटिएको प्रहरीले बताएकाे छ । मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए । चालकसँगैको अर्को सिटमा शव रहेको र कन्टेनरको ढोका भित्रबाट लक गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

मृतक कन्टेनरका चालक वा सहचालकमध्ये एक भएको हुनसक्ने प्रहरीको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्