जापानमा आणविक बम विष्फोटको ७७ औँ वार्षिकोत्सव

जापानमा आणविक बम विष्फोटको ७७ औँ वार्षिकोत्सव

जापानको नागासाकी सहरमा मंगलबार अमेरिकी आणविक बम आक्रमणको ७७औँ वार्षिकोत्सव मनाइएको छ । आज सो समारोहको स्मरणमा विभिन्न अन्तर्राष्ट्रिय समुदायले जापानलाई आफू पीडितको रुपमा मात्र नलिन आग्रह गरेको छ । मङ्गलबारको वार्षिक समारोहमा जापान सरकारले कोभिड–१९ का प्रतिबन्धहरू खुकुलो बनाएर थप मानिसहरूलाई उपस्थित हुन अनुमति दिइएको थियो ।

उक्त समारोहमा ८० भन्दा बढी राष्ट्रका अधिकारी र प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । साथै आणविक बमबाट बाँचेकाहरु र मृतकका आफन्तहरुको पनि सहभागिता रहेको थियो । उनीहरुले यस दिनलाई एक दुःखद् दिनका रुपमा स्मरण गरेका थिए । उनीहरुले यस्तो विनाशकारी दिन जापानमात्र नभई संसारमा नै कहिल्यै नआओस् भन्ने कल्पना पनि गरेका थिए । सन् १९४५ मा आजकै दिन बिहान ठीक ८ः१५ बजे जापानको हिरोसिमामा नगरमा अमेरिकी युद्धक विमानले विनाशकारी बम खसालेको थियो ।

स्थानीय समयानुसार मङ्गलबार बिहान ११ः०२ मा यस समारोहमा उपस्थित व्यक्तिहरूले एक क्षण मौनधारण गरेका थिए । आजभन्दा ७७ वर्षअघि दोस्रो विश्वयुद्धताका सन् १९४५ का अगस्त ६ र ९ का दिन जापानका हिरोसिमा र नागासाकी नगरमा संयुक्तराज्य अमेरिकाले दुई अणुबम खसालेको थियो । ‘लिटिल ब्वाइ’ र ‘फ्याट म्यान’ नाम दिइएका दुई बम विस्फोटबाट हिरोसिमामा र नागासाकीमा गरी करिब एक लाख ४० हजार नागरिकले तत्कालै ज्यान गुमाएका थिए । यस बमको असरले पछि कति नागरिक मरे भन्ने कुराको यकिन तथ्याङ्क कतै भेटिँदैन ।

उक्त घटना भएको पाँच वर्षभित्र दुवै नगरमा विकिरणबाट प्रभावित थप एक लाख चार हजार नागरिकको मृत्यु भएको थियो । अमेरिकाविरुद्ध युद्ध लडेको जापानले यस अवधि र युद्धपश्चात् आफ्ना करिब दुई लाख पचास हजार नागरिकको ज्यान गुमायो । तत्कालीन अवस्थामा योभन्दा बढी सङ्ख्याका जापानी विकिरणबाट उत्पन्न विभिन्न रोगका कारण अङ्गभङ्ग भई बाच्न विवश भए । युद्धकालमा विकिरणबाट प्रभावित कतिपय जापानी तथा तिनका सन्तान समेत अनेक रोगबाट पीडित छन् ।

हिरोसिमा नगरमा खसालिएको बम, २० हजार टन टीएनटी बराबरको थियो । उक्त बममा युरेनियम–२३५ नामक रासायनिक तत्व प्रयोग गरिएको थियो र त्यसलाई ‘लिटिल ब्वाइ’ भन्ने नाम दिइएको थियो । दश फिट लम्बाइको यस पारमाणबिक बमलाई इनोला गे उपनाम दिइएको बी–२९ सुपर फोरट्रेस बमवर्षक विमानको बाहिरी भागमा झुन्ड्याएको थियो । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्