आइपीओ जारी गर्दै पिएलओल

<span class='c1'>आइपीओ जारी</span> <span class='c2'>गर्दै पिएलओल</span>

विराटनगर । पूर्वाञ्चल ल्यूव आयल प्रा.लि. (पिएलओ)ले आइपीओ जारी गर्ने भएको छ।

पब्लिक लिमिटेडमा रुपान्तर भएसँगै स्थापना भएको २३औँ वर्षको अवसर पारेर कम्पनीले आइपीओ जारी गर्न लागेको हो। कम्पनीले बुक विडिङ बिधिबाट आइपिओ ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ।

चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको कम्पनीले ४ लाख कित्ता शेयर जारी गर्ने तयारी गरेको छ। जसमा सुन्दरहरैंचाका स्थानीयवासीलाई १० प्रतिशत, कर्मचारीलाई १० प्रतिशत शेयर दिएर बाँकी रहेको संस्थागत लगानीकर्ता र सर्वसाधारणलाई दिने तयारी गरिएको पिएलओ लुब्रिकेन्ट जनाएको छ।
कम्पनीका अनुसार २० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको २३ करोड रुपैयाँ जगेडा कोषमा रहेको छ।

कम्पनीले बुक विडिङ विधिबाट जारी गर्ने शेयरको मूल्य प्रतिकित्ता ८ सय ३२ रुपैयाँ प्रस्ताव गरेको छ। मोरङको सुन्दरहरैंचा नगरपालिकामा मुख्य कार्यालय रहेको कम्पनीले पिएलओ ब्राण्डको लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्