छायाँकार विदुर पाण्डेको निधन

छायाँकार विदुर पाण्डेको निधन

काठमाडौं । नेपाली फिल्मका वरिष्ठ छायाँकार विदुर पाण्डेको निधन भएको छ।

हृदयाघात कारण आज बिहान गङ्गालाल अस्पतालमा ५४ वर्षीय पाण्डेको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए।

पाण्डेलाई सीतापाइला स्थिती आफ्नै घरमा हृदयाघात भएपछि उपचारका लागि गंगालाल अस्पताल पुर्याइएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । उनी ५४ बर्षका थिए ।

‘कागबेनी’ लगायत केही फिल्म छायांकन गरेका पाण्डे म्युजिक भिडियोका लोकप्रिय छायाँकार हुन् । हजारौ म्युजिक भिडियो र थुप्रै विज्ञापन चलचित्र उनले छायांकन गरेका छन् । पाण्डेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्