बेलबारीमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

बेलबारीमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका-६ सोमबारे जरुवा टोल स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

मंगलबार राती करिब ९ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको को ११ प ९३१३ नम्बरको मोटरसाईकलले ठक्कर दिई आफ्नो घर अगाडी बसिरहेकी ६१ बर्षीया सितादेबि ढकाल घाईते भएकी थिईन । ठक्करबाट घाईते भएकी ढकाललाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा नै मृत्यु भएको थियो ।

मोटरसाईकल र चालक मोरङ बेलबारी-६ का २३ बर्षीय अमन चौधरीलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्