बेलबारीका झण्डै ६ हजार सुकुम्बासी परिवारलाई जग्गा धनीपुर्जा दिईने

बेलबारीका झण्डै ६ हजार सुकुम्बासी परिवारलाई जग्गा धनीपुर्जा दिईने

बेलबारी । बेलबारी नगरपालिका क्षेत्रभित्र बसोबास भएका भुमिहिन दलित तथा अब्यबस्थित बसोबास भएका परिवारलाई जग्गा धनीपुर्जा बितरणका लागि तयारी शुरु भएको छ ।

सोही बमोजिम मंगलबार बेलबारी ३ का ५ दलित परिवारलाई निस्सा प्रमाण बितरण गरिएको छ । भुमिहिन,दलित,सुकुम्बासी तथा अब्यबस्थित बसोबास भएकाहरुले फारम भरेपछि सोही प्रमाण स्वरुप निस्सा बितरण गर्ने गरिन्छ । यसपछि नापी कार्यलयले जग्गा धनिपुर्जा बितरण गर्ने गर्छ । मंगलबार बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई,नितु थापा (कोईराला), वडाध्यक्ष योगेन्द्र सुवेदी लगायतले नक्सा बितरण गरेक थिए । बेलबारीमा ५ हजार ९ सय ५ घरपरिवार सुकुम्बासी रहेका छन् ।

जसमा ७१२ भुमिहिन दलित,२ हजार ५ सय ८१ सुकुम्बासी र २ हजार ६ सय १२ अब्यबस्थित बसोबास रहेको छ । सोहीमध्ये ७ सय ५० परिवारलाई स्थानान्तरण गर्नुपर्ने अबस्था रहेको बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोईराला) ले जानकारी दिईन । उनका अनुसार बेलबारीका सबै वडामा सुकुम्बासी समस्या रहेको र ६ सय ५२ बिगाह जग्गा सुकुम्बासीहरुले दाबी गरेका छन । उनीहरुलाई जग्गाको धनिपुर्जा बितरणका लागि पहल शुरु भएको समेत उनले बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्