झापामा १४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा पक्राउ

झापामा १४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा पक्राउ

विराटनगर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ फुङलिङ नगरपालिका-९ बस्ने २० वर्षीय दिपेश बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

झापा अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कस्थित ताप्लेजुङ-पाँचथर होटल एण्ड लजमा साउन १८ गते राति दिपेशले ती बालिकालाई जबरजस्ती करणी गरी विवाह गर्छु भनी आफ्नै घरमा लगेर राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङसँगको समन्वयमा दिपेशलाई पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्