सुनसरीमा हुने गुण्डागर्दी पूर्ण रुपमा रोक्छु : प्रहरी प्रमुख प्रभु ढकाल

सुनसरीमा हुने गुण्डागर्दी पूर्ण रुपमा रोक्छु : प्रहरी प्रमुख प्रभु ढकाल

सुनसरी । सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले जिल्लाको शान्ति सुरक्षामा अमनचयनको बातावरणमा काम गर्ने बताएका छन् ।

भर्खरै सुनसरी जिल्लामा सरुवा भएर आएका एसपी ढकालले जिल्लामा शान्ति सुब्यवस्था र मानवअधिकारको रक्षार्थ आफु सदैव क्रियाशिल रहने बताए । सोमबार सुनसरी जिल्लाका सञ्चारकर्मीहरुसँग परिचयात्मक कार्यक्रममा ऐन कानूनको परिधिभित्र रहेर काम गर्ने समेत बताएका छन् । प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले सेवाग्राहीहरुलाई मुस्कान सहितको सेवालाई निरन्तरता समेत दिने बताएका छन् । उनले आफ्नो कार्यकालमा प्रहरीबाट कसैलाई दुव्यवहार हुने वातावरण बन्न नदिने दाबी गरे ।

एसपीले ढकालले सामाजिक संजाल प्रयोगकर्ताहरुलाई सदुपयोग गरेर चलाउन आग्रह गरेका छन् । सामाजिक संजालको दुरुपयोग गरेर साइबर अपराधको मुद्दा बढेका कारण यस कुरामा पनि सचेत रहन आग्रह गरेका छन् । आफुले छोटो समयमा ठुलो परिमाणमा गर गहना चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेर कार्वाही गरेको, इटहरीबाट ४० ग्राम ब्राउन सुगर सहित चारजनालाई पक्राउ गरेको बताउदै २ वर्ष ९ महिनाको कैद सजाय र २ लाख ५० हजार भन्दा बढीको राजस्व बुझाएको ढकालले बताए ।

जिल्लाभित्र हुने गरेको गुण्डागर्दी लगायतका समस्याहरुलाई पूर्ण रुपमा रोक्ने, प्रहरी संगठनभित्रको एकरुपतालाई बलियो पार्दै लैजाने, जिल्लाको उत्तरी र दक्षिणी क्षेत्रमा हुने अवैध तस्करीको गतिविधीलाई निरुत्साहित पार्ने लगायतको कामलाई आफ्नो कार्यकालमा प्राथमिकतामा राख्ने बताए ।
जिल्लामा हुने तस्करी, जुवातास र लागूऔषध सेवन तथा होटलहरुमा हुने यौन धन्दा लगायतको कारोबारलाई रोक्न कुनै कसुर बाँकी नराख्ने बताउदै जिल्लामा हुने शान्ती सुरक्षा, अपराध नियन्त्रण, लागुऔषध ओसारपसार, महिला हिंसा, झैझगडा अन्त्य गर्न पत्रकारहरुसँग सहकार्य गरेर अगाडी बढेर काम गर्ने एसपी ढकालले प्रतिवद्धता जाहेर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्