तोकिएकै समयमा निर्वाचन हुन्छ : मन्त्री पौडेल

तोकिएकै समयमा निर्वाचन हुन्छ : मन्त्री पौडेल

मकवानपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएकै समयममा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ ।

मन्त्री पौडेलले आज हेटौडामा प्रेस सेन्टर मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा चुनावमा हारजित जसको भए पनि लोकतान्त्रिक प्रणाली स्थापित गर्न तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु प्रमुख लक्ष्य भएको बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्यसमेत रहनुभएका उहाँले निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा निर्वाचन आयोगमार्फत आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । निर्वाचन निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुने उहाँको भनाइ थियो ।

मन्त्री पौडेलले स्थानीय तहको निर्वाचनको नतिजालाई समीक्षा गर्दै सङ्गठनात्मक र वैचारिकरुपमा नयाँपन ल्याएर निर्वाचनमा सहभागी हुने उल्लेख गर्नुभयो । पौडेलले वामपन्थी पार्टीसँग एकता गरिने र समाजवादी केन्द्र बनाउने विषयमा समेत छलफल भइरहेको बताउनुभयो । मन्त्री पौडेलले तीनै तहको सरकार स्थापित नहुञ्जेल गठबन्धन कायमै रहने प्रस्ट पार्नुभयो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्