सप्तरीमा आगलागीबाट ११ घर नष्ट

<span class='c1'>सप्तरीमा आगलागीबाट ११</span> <span class='c2'>घर नष्ट</span>

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दलित बस्तीमा आज आगलागी हुँदा लाखौँ रुपियाँ बराबरको क्षति भएको छ ।

डाक्नेश्वरी नगरपालिका–३ स्थित दलित बस्तीमा भएको आगलागीमा ११ परिवारको घर जलेर नष्ट भएको नगर उपप्रमुख मीरा यादवले जानकारी दिनुभयो । आगलागीबाट गुलदेव सदा, वासुदेव सदा, कैलु सदा, रामसुन्दर सदा, भिखारी सदा, नेहारी सदा, गौतम सदा, सोनी सदा, चन्दन सदा, श्रवण सदा र श्याम सदाको घर जलेर नष्ट भएको नगर उपप्रमुख यादवले बताउनुभयो ।

आगलागीबाट घर, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, फर्निचर र पशु चौपायासहित लाखौँको धनमाल जलेर नष्ट भएको पीडितले बताएका छन् । डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख यादवले आज आगलागी पीडितसँग भेटघाट गरी नगरपालिकाले तत्काल राहतको व्यवस्था मिलाउने बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्