पहिलो टी–२० क्रिकेट : वेस्ट इन्डिज न्युजिल्यान्डसँग पराजित

<span class='c1'>पहिलो टी–२० क्रिकेट :</span> <span class='c2'>वेस्ट इन्डिज न्युजिल्यान्डसँग पराजित</span>

काठमाडौं । पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिज न्युजिल्यान्डसँग १३ रनले पराजित भएको छ । जमैकाको साविना पार्कमा बिहिबार बिहान भएको खेलमा न्युजिल्यान्डले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय ७२ रन बनाएको थियो ।

वेष्ट इन्डिजका लागि शामरन ब्रुरक्सले सर्वाधिक ४२ रन बनाए । यस्तै, रोमारियो सेफर्डले ३१, ओडन स्मिथले २७, जासन होल्डरले २५ तथा निकोलस पुरनले १५ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनाएका थिए ।

न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ४७ रन जोडे भने डिभेन कन्वेले ४३ रन बनाए । जेम्स निसमले ३३ तथा ग्लेन फिलिप्सले १७ रन बनाए ।

दुई टोलीबीचको दोस्रो टी–२० खेल शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्