झापाबाट ब्राउनसुगर कारोबारमा संग्लग्न एक जना भारतिय नागरिक सहित ४ जना पक्राउ

झापाबाट ब्राउनसुगर कारोबारमा संग्लग्न एक जना भारतिय नागरिक सहित ४ जना पक्राउ

विराटनगर । झापाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरिएको छ ।

बुधवार दिउँसो करिब २ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ३ झोलुङगे पुलबाट भारतबाट नेपाल तर्फ आउदै गरेको भारत पश्चिम बंगाल दार्जिलिङ थाना खुरीबारी भेलकोजोत बस्ने ४२ बर्षीय निखिल विश्वासलाई ब्राउन सुगर ३ ग्राम ८०० मिलिग्राम सहित पक्राउ गरिएको हो । यसैगरी बुधवार बेलुका करिब ७ बजे लागुऔषध नियन्त्रण व्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका २ चारपाने स्थितबाट सोही स्थान बस्ने ३६ बर्षीय बद्रि राजबंशीलाई ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको छ ।

यसैगरी बुधवार राती करिब ८ बजे झापाकै दमक नगरपालिका ९ ईटाभट्टा स्थितबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को २९ प २२३४ नम्बरको मोटर साईकलमा सवार रहेका गौरादह नगरपालिका १ बस्ने ३३ बर्षीय भिम बहादुर श्रेष्ठ र ३२ बर्षीय मोहन सिलवाललाई ब्राउन सुगर २५ ग्राम र नगद १० हजार सहित पक्राउ गरेको हो ।

लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्