अलिबाबाले बर्खास्त ग¥यो दश हजार कर्मचारी

अलिबाबाले बर्खास्त ग¥यो दश हजार कर्मचारी

विद्युतीय व्यापार (इकमर्श) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाका अवधिमा १० हजार कर्मचारीलाई बर्खास्त गरेको छ । आफ्नो आम्दानीमा ५० प्रतिशतले गिरावट आएपछि ठूलो सङ्ख्यामा कर्मचारी बर्खास्त गरेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

देशको अर्थतन्त्रमा आएको मन्दीसँगै व्यापारमा कमी आएपछि खर्च कटौती गर्ने प्रयासमा कर्मचारी निकालिएका हुन् । सन् १९९९ मा स्थापना भएको अलिबाबाको गत जुनमा सार्वजनिक भएको त्रैमासिक वित्तविरणअनुसार खुद आम्दानी २२.७४ अर्ब युआन कायम भएको थियो । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको आय ४५.१४ अर्ब युआन थियो ।

सन् २०१५ मा डानियल झाङ कम्पनीको प्रमुख कार्यकारी अधिकृत र २०१९ मा अध्यक्ष बनेपछि अलिबाबामा व्यापक फेरबदल भएको थियो । त्यसै वर्षको जुलाइमा कम्पनीले हङकङमा प्राथमिक सूचीकरणका निम्ति आवेदन गर्ने घोषणा गरेसँगै मुख्यभूमि चीनका लगानीकर्ताले पूँजी परिचालनको अवसर पाएका थिए । न्युयार्क स्टक एक्सचेञ्जमा समेत सूचीकरण भएको पहिलो ठूलो कम्पनी बन्न अलिबाबा सफल भएको थियो । रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्