झापाको मेचिनगरमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापाको मेचिनगरमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

विराटनगर । झापाको मेचिनगर नगरपालिका-६ पूर्व पश्चिम राजमार्ग स्थित ट्राफिक पोष्ट छेउमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

बिहिबार बिहान करिब १० बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको बाग्मति प्रदेश३-००१ ख १६०२ नम्बरको यात्रु बाहक बसले बाटो क्रस गर्दै गरेको स्थानीय पैदल यात्री ४० बर्षीत चेतनाथ फुयाललाई ठक्कर दिई घाईते भएका थिए । तत्काल उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड झापा लगिएकोमा उपचारको क्रममा नै मृत्यु भएको थियो । बस र चालकलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्