महिला सङ्घको अध्यक्षमा मिश्र नियुक्त

महिला सङ्घको अध्यक्षमा मिश्र नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला सङ्घको केन्द्रीय अध्यक्षमा सिरहाका उषाकुमारी राउत मिश्र नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिको गत चैत १५ गतेको बैठकको निर्णयअनुसार पार्टीको विधानबमोजिम उहाँलाई सङ्घको अध्यक्षमा आज नियुक्त गर्नुभएको हो ।

सभापति देउवाले म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आबद्ध भ्रातृ सङ्घ महिला सङ्घको अध्यक्ष पदमा उहाँलाई नियुक्त गर्नुभएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्