पौडी खेल्ने क्रममा डुबेर ३ जनाको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर ३ जनाको मृत्यु

विराटनगर । झापा र ताप्लेजुङको २ फरक फरक स्थानहरुमा पौडी खेल्ने क्रममा ३ जनाको मृत्यु भएको छ ।

बिहिबार दिउँसो करिब ४ बजे झापा शिबसताक्षी नगरपालिका-९ आईतबारे बस्ने सुस्मा सुन्दासकी छोरी ११बर्षीया एन्जिला सुन्दास र सोही स्थान बस्ने धुर्व राईको छोरा १२ बर्षीय सिकुम राई स्कुलबाट घर फर्की कन्काई सिँचाई नहरमा पौडि खेल्न गएकोमा बेपत्ता भएको खबर ईप्रका झिलझीलेमा प्राप्त हुनसाथ अस्थाई प्रहरी चौकी माईधार र ईलाका प्रहरी कार्यालय झीलझिलेबाट प्रहरी टोलि खटिगई स्थानियको सहयोगमा सोही नहरमा खोजतलास गर्ने क्रममा सताक्षी खोलामा दुबै जना मृत अबस्थामा फेला परेका थिए ।

त्यस्तै बिहिबार बेलुका सोही समयमा ताप्लेजुङ पाथिभरा याङबरक गाँउपालिका-४ डुम्रिसे बस्ने २१ बर्षीय रोशन तामाङ याङबरक-४ स्थितमा रहेको सिवानी हाइड्रो पावरमा लानको लागी जम्मा गरेको पानीको ड्याम (इनटेक) मा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको थियो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्