बढ्यो कोरोना : पछिल्लो २४ घण्टामा ७८१ जनामा कोरोनाको पुष्ट, २ जनाको ज्यान गयो

बढ्यो कोरोना : पछिल्लो २४ घण्टामा ७८१ जनामा कोरोनाको पुष्ट, २ जनाको ज्यान गयो

पछिल्लो २४ घण्टामा ७८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार हजार ७१२ वटा नमुना परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९८४ पुगेको छ ।

आज ५११ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ७७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्