मधेस प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

<span class='c1'>मधेस प्रदेशसभाको नवौँ</span> <span class='c2'>अधिवेशन अन्त्य</span>

जनकपुरधाम । मधेस प्रदेशसभाको चालू नवौँ अधिवेशन गएरातिदेखि अन्त्य भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गर्नुभएको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सरकारको सिफारिमा प्रदेश प्रमुख मिश्रले गएराति १२ बजेदेखि प्रदेशसभाको अधिवेशन अन्त्य गर्नुभएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो ।

यही २०७९ जेठ १९ गतेदेखि सुरु भएको प्रदेशसभाको नवौँ अधिवेशनले आर्थिक विनियोजन विधेयकसहित महत्वपूर्ण आठ विधेयक पारित गरेको सचिव यादवले बताउनुभयो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्