भारतमा पछिल्लो २४ घण्टामा १५ हजार ८१५ कोरोना सङ्क्रमित

<span class='c1'>भारतमा पछिल्लो २४ घण्टामा १५</span> <span class='c2'>हजार ८१५ कोरोना सङ्क्रमित</span>

भारतमा कोरोना भाइरसबाट थप झण्डै १६ हजार नयाँ सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१५ सङ्क्रमित भएका हुन् ।

मन्त्रालयका अधिकारीहरूले पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भने २० हजार १८ रहेको जानकारी दिएका छन् ।

एउटै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको छ ।

संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले पनि एक लाख १९ हजार २६४ जना सङ्क्रमित अवस्थामै रहेको जनाएको छ ।

त्यसैगरी कोरोना भाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख २६ हजार ९९६ पुगेको मन्त्रालयको भनाई छ ।

पछिल्लो एक दिनमा तीन लाख ६२ हजार ८०२ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्