मोन्टेनेग्रोमा गोली चल्दा बन्दुकधारी सहित १२ जनाको मृत्यु

मोन्टेनेग्रोमा गोली चल्दा बन्दुकधारी सहित १२ जनाको मृत्यु

मोन्टेनेग्रोको मध्य शहर सेटिन्जेमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

सो घटनामा एक प्रहरी सहित अन्य छ जना गम्भीर घाइते भएका छन् भने प्रहरीको आक्रमणमा आक्रमणकारी समेत मारिएको छ। मोन्टेनेग्रोको सार्वजनिक प्रसारक रेडियो एण्ड टेलिभिजन अफ मोन्टेनेग्रो (आरटीसीजी) ले एक प्रहरी सहित ६ जना घाइते भएको बताएको छ । पारिवारिक कलहका कारण मानसिकरूपले विक्षिप्त भएको आक्रमणकारीले सडकमा रहेका यात्रुहरूलाई जथाभावी गोली प्रहार गर्दा सो दुर्घटना भएको बताइएको छ । आक्रमणकारीले प्रहरी माथि आक्रमण गर्दा एक जना प्रहरीको मृत्यु भएको हो। आरटीसीजीले अनौपचारिक स्रोतलाई उद्धृत गर्दै आक्रमणकारी करिब ३४ वर्षको भएको बताएको छ ।

घटनाका चार जना घाइतेलाई सेटिन्जे अस्पतालमा भर्ना गरिएको छ । यसैबीच, मोन्टेनेग्रो सरकारले यस त्रासदीपूर्ण आक्रमणको निन्दा गर्दै तीन दिने शोकको घोषणा गरेको छ । रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्