लेक लागि अचेत अवस्थामा रहेकी भक्तजनको प्रहरीद्वारा उद्दार

<span class='c1'>लेक लागि अचेत अवस्थामा</span> <span class='c2'>रहेकी भक्तजनको प्रहरीद्वारा उद्दार</span>

सोलुखुम्बु । सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका १ स्थितमा रहेको प्रसिद्ध धार्मिक स्थल ठुलो दुधकुण्ड को दर्शनार्थ आएका एक भक्तजनको प्रहरीद्वारा उद्दार गरिएको छ ।

गत २६ गते दर्शनको लागि गएकी युवती ४६०० मि. उचाईमा रहेको दुधकुण्ड नजिकै लेक लागि अचेत अवस्थामा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले फेला पारेको थियो ।

अचेत अवस्थामा रहेकी ति युवतीको महिला प्रहरीले बोकेर दुधकुण्ड बेश क्याम्प तर्फ प्राथमिक उपचारको लागि लगिएको हो । काठमाडौं घर भएकी ति युवती उपचार पश्चात सामान्य भएर घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्