पिएसजीको लगातार दोस्रो जित

पिएसजीको लगातार दोस्रो जित

विराटनगर । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लगातार दोस्रो जित निकालेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले मोन्टपेलिएरलाई ५–२ ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो। पिएसजीको जितमा नेयमारले दुई गोल गरे भने किलियन एम्बाप्पे र रेनाटो सान्चेजले एक–एक गोल गरे। पिएसजीले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो। मोन्टपेलिएरका लागि भने वाभी खाज्री र इन्जो जियानी चाटो बिआयीले एक–एक गोल गरेका थिए।

जितसँगै पिएसजी दुई खेलमा ६ अंज जोडर शीर्ष स्थानमा उक्लिएको छ। मोन्टपेलिएर भने तीन अंकसहित आठौं स्थानमा छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्