भारतको दलाल स्ट्रीटका बिग बुल राकेश झुनझुनवालाको आज बिहान निधन भएको छ।
५ हजारदेखि ४३.३९ करोडसम्मको यात्रा गर्ने भारतिय शेयर बजारका बिग बुल राकेश झुनझुनवाला ६२ वर्षको उमेरमा मृत्यु भएको हो। झुनझुनवाला गत साता मात्रै ‘आकासा’ एयरलाइन्सबाट उड्डयन क्षेत्रमा प्रवेश गरेका थिए। झुनझुनवाला कुनै समय शेयर बजारमा बियर थिए। सन् १९९२ मा हर्षद मेहता घोटाला पर्दाफास हुँदा उनले सर्ट सेलिंगबाट ठूलो नाफा कमाएका थिए।