म्यान्चेस्टर युनाइटेडलाई स्तरीय खेलाडीकाे आवश्यक : प्रशिक्षक टेन हाग

म्यान्चेस्टर युनाइटेडलाई स्तरीय खेलाडीकाे आवश्यक : प्रशिक्षक टेन हाग

काठमाडौं । म्यान्चेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन ह्यागले टिमलाई नयाँ खेलाडी आवश्यक रहेको बताएका छन् । शनिबार राति ब्रन्टफोर्डसँग ४–० गोलको हारपछि बोल्दै उनले टिममा अब नयाँ र स्तरिय खेलाडीको खोजी भएको बताए ।

हामीले आज देखाएको भन्दा स्तरीय प्रदर्शन गर्न जरुरी छ । हामी टोलीका रुपमा एक कठिन प्रक्रियामा छौं । हामीले फरक सुरुवात अपेक्षा गरेका थियौं । सोचेजस्तो भइरहेको छैन,’ उनले भने‘हामीलाई नयाँ खेलाडी टिममा खाँचो छ । त्यसमा पनि स्तरिय खेलाडी । म खेलाडीलाई युनाइटेडमा ल्याउन प्रयास गर्नेछु,’ टेन ह्यागले भने ।

उनले जब टिममा सबै कुराले साथ दिन्छ तब मात्र खेलहरु जित्न सकिने बताए । युनाइटेडले बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लयमा आउने उनको भनाइ छ ।
ब्रेन्टफर्डविरुद्ध खराब प्रदर्शन गरेपछि टेन हागले हारको जिम्मेवारी आफूले लिने बताए । ‘टोलीले जिम्म्मेवारी लिनुपर्छ । म समर्थकसँग माफी माग्छु । ‘सबै कुराले साथ दिए टिमले उत्कृष्ट प्रदर्शन गर्नेछ । युनाइटेड छिटै लयमा आउनेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्