मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा उर्लाबारीबाट पाँचजना युवा पक्राउ

मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा उर्लाबारीबाट पाँचजना युवा पक्राउ

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारेमा अस्पतालको भवन उट्घाटन गर्न पुगेका प्रदेशका मन्त्रीलाई कालोझण्डा देखाएको आरोपमा पाँचजना युवा पक्राउ परेका छन् । मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा नवनिर्मित ओपीडी भवन उद्घाटनका लागि पुगेका प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवलाई कालो झण्डा देखाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

मंगलबारे युवा क्लवका अध्यक्षसहितका युवाहरूले आइतबार मन्त्री यादवलाई कालो झण्डा देखाएका छन् । कालो झण्डा देखाउने क्लबका अध्यक्ष पिपलराज गिरी, सचिव रेशु कटवाल, शेखर खड्का, प्रतिक पाण्डे र प्रदिप दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले उक्त ओपीडी भवन निर्माणमा अनियमितता भएको दावी गर्दै खर्च विवरण सार्वजानिक गर्न माग गर्दै आएका थिए । यसअघि सम्पूर्ण खर्च विवरण माग राख्दै अस्पताल प्रशासनलाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।

अस्पतालले आयव्यय सार्वजनिक नगरेकाले उक्त भवन उद्घाटनमा पुगेका मन्त्री यादवलाई कालो झण्डा देखाएको युवा क्लबमा आवद्ध युवाहरूले बताए । उनीहरुले भवन निर्माणमा व्यापक अनियमितता भएकाले छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्