पूर्वाञ्चल विश्वविद्यालयभित्रका समस्या समाधान गर्नुपर्ने माग

<span class='c1'>पूर्वाञ्चल विश्वविद्यालयभित्रका समस्या</span> <span class='c2'>समाधान गर्नुपर्ने माग</span>

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयभित्रका समस्या समाधान गर्नुपर्ने माग गरिएको छ ।

नेपाल विद्यार्थी सङ्घ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले यहाँ आज पत्रकार सम्मेलन गरी इन्जिनियर, मेडिकल तथा अप्लाइडेड साइन्सलगायत अरु सङ्कायको वार्षिक र सेमेस्टर प्रणालीमा मौका परीक्षाको व्यवस्था गर्नुपर्ने र परीक्षा नियमावली, २०७० संशोधन तथा परिमार्जन गरी तत्काल कार्यान्वयन गरिनुपर्नेलगायतका माग गरेको छ ।

त्यसैगरी चक्रवर्ती हवि कलेजमा गरिएको चर्को मूल्यवृद्धि तत्काल फिर्ता गरी आवश्यक छानबिन गर्नुपर्ने पनि माग गरिएको छ । नेविसङ्घ पूर्वाञ्चल विश्वविद्यालयका कार्यवाहक अध्यक्ष विजय फुलाराले चर्को सम्बन्धन शुल्क मिनाहा गरिनुपर्ने र परीक्षा नतिजा तीन महिनाभित्र प्रकाशन गरिसक्नुपर्ने, परीक्षा फाराम अनलाइन प्रणालीबाट भर्ने व्यवस्था मिलाइनुपर्ने र पूर्वाञ्चल विश्वविद्यालयको सम्पर्क कार्यालय काठमाडौँमा राख्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “यी माग दुर्गम स्थानबाट ऋण खोजेर छोराछोरीलाई पढ्न पठाएका आमाबाबु र भविष्य बनाउन आएका विद्यार्थीको हितमा छ, विश्वविद्यालयले हजारौँ गरिबका छोराछोरीको भविष्य चकनाचुर पारिरहेको छ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्