चर्चमा आगलागी हुँदा इजिप्टमा ४१ जनाको मृत्यु

<span class='c1'>चर्चमा आगलागी हुँदा इजिप्टमा</span> <span class='c2'>४१ जनाको मृत्यु</span>

इजिप्टको गिजा प्रान्तको एक कप्टिक चर्चमा आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अबु सिफिन चर्च दुर्घटनामा "मृत्यु हुनेको सङ्ख्या अझै गणना भइरहेको छ एकिन विवरण आउन बाँकी छ", स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । अहिले ३७ वटा एम्बुलेन्सहरू घटनास्थलमा पठाइएको मन्त्रालयले जनाएको छ। आन्तरिक मन्त्रालयका अनुसार चर्च भवनको दोस्रो तल्लामा रहेको एयर कन्डिसनरबाट विद्युत् सर्ट भएर आगलागी भएको हो । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्