खप्तड लघुवित्तले भदौ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने

<span class='c1'>खप्तड लघुवित्तले भदौ ८</span> <span class='c2'>गतेदेखि आईपीओ निष्काशन गर्ने</span>

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेबाट साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले जारी पूँजी ४ करोड रुपियाँको ३३ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो।

लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपियाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।

लघुवित्तले निष्कासन गर्न लागेको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरूका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

यस आइपीओमा छिटोमा भदौ १२ गते र ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्