अभियान लघुवित्तको आईपीओ बाँडफाँट

<span class='c1'>अभियान लघुवित्तको</span> <span class='c2'>आईपीओ बाँडफाँट</span>

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयका सो शेयर बाँडफाँट भएको हो

लघुवित्तले साउन १८ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ९ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको थियो । सोमध्ये ०।५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो । बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

सो शेयरमा कुल १९ लाख ८० हजार ९७६ जनाले आवेदन दिएका थिए । जसमध्ये १९ लाख ७८ हजार ५९४ आवेदन स्वीकृत भएका छन् भने २ हजार ३७६ आवेदन रद्द भएको छ ।

माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार स्वीकृत आवेदनमध्ये गोलाप्रथा माध्यमबाट ९१ हजार ३७५ जनालाई कम्पनीको शेयर बाँडफाँट गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्