सुनसरीबाट मोटरसाईकल चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

सुनसरीबाट मोटरसाईकल चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

विराटनगर । मोटरसाईकल चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८।०६।१९ गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना ५ दिन कैद र रु.५,०००/- (पाँच हजार) जरीवाना तोकिएता पनी हाल सम्म फरार रहदै आएका धरान-१५ का ३७ बर्षीय बन्धन लिम्बु पक्राउ परेका छन् ।

फरार रहेका लिम्बुलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआइटी) समुहबाट खटीएको प्रहरी टोलिले आईतवार गाउँघरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी जिल्ला अदालत सुनसरी बुझाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्